जुम्लामा भालुको आक्रमणमा परि दुई जना घाइते, भालुको खोजीकार्य जारी

  ।   २८ श्रावण २०७८, बिहीबार १५:०७

जुम्ला।जुम्ला सदरमुकाम खलंगा बजारमा बिहिबार विहान भालुको आक्रमणबाट दुई जना घाईते भएका छन् । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेतिर भालुले आक्रमण गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाईल पसल संचालन गरिरहनु भएका हेमराज रोकाया र उहाँकी श्रीमती निर्मला रोकाया घाईते भएको प्रत्यक्षदर्शी स्थानीय देबेन्द्र कार्कीले जानकारी दिए।

उहाँका अनुसार घाइते हेमराजलाई बिहानै उठेर नुहाने क्रममा एकाएक धारामा भालुले आक्रमण गरेको हो । खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराजका दम्पत्तीलाई भालुले आक्रमण गरि घाईते बनाएपछि उनिहरुको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

घाइते निर्मला रोकायको अनुहारमा चोट लागेको छ । भने, हेमराज रोकायाको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । घाईते दम्पत्तीको अबस्था सामान्य रहेको छ ।यता प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले विहानैदेखि भालुको खोजी भईरहेको तर नभेटिएको बताउनुभयो । नेपाल प्रहरी,नेपाल आर्मि,शसस्त्र सबै सुरक्षा निकाय खोजी कार्यमा जुटेको डिएसपि थापाले जानकारी दिए ।

उहाँका अनुसार अहिले सम्म भालु नियन्त्रणमा नआएकोले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुनै बेला घटना घट्न सक्ने भएकाले सुरक्षित तथा सचेत रहन रेडियोबाट सूचना समेत जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बजारमै भालु पसेर आमक्रण गरेको खबरपछि स्थानीय त्रसित भएका छन् ।@नेपालीरैवार

Next Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी नियुक्त

२८ श्रावण २०७८, बिहीबार १५:०७
बुटवल।लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरे।नवनियुक्त मुख्यमन्त्रीको आजै […]