विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेकोप्रति सांसद महतद्धारा आपत्ति

  ।   २८ श्रावण २०७८, बिहीबार १४:१३

काठमाडौँ।कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेकोप्रति माओवादी केन्द्रका सांसद गजेन्द्र महतले आपत्ति जनाएका छन्।बिहीबार संसदको शून्य समयमा सांसद महतले राज्यका अरु निकायलाई समेत सुधार गर्नुपर्नेमा सरकारको ध्यान विद्युत् प्राधिकरणमा मात्रै केन्द्रित भएको आरोप लगाए। उनले अघिल्लो सरकारले हनुमान मात्रै र अहिलेको सरकारले कुलमान मात्रै देखेको भन्दै व्यंज्ञ गरे।

सांसद महतले भने, ‘एउटा सरकारले कुलमान मात्रै देख्ने, अर्कोले हनुमान मात्रै देख्ने? कुलमान बुढो भएपछि के गर्ने? विद्यत् प्राधिकरण मात्रै छ अरु निकाय छैन? अरुलाई सुधार गर्नुपर्दैन?’त्यस्तै एमाले सांसद खगराज अधिकारीले अफगानिस्तानमा अलपत्र परेका नेपालीको तुरुन्तै उद्धार गर्न माग गरे।

ओली नेतृत्वको सरकारले ल्याइदिएको खोप लगाउन नसकेको सरकारले अपलपत्र परेका नागरिकको उद्धार पनि गर्न नसकेको अधिकारीले आरोप लगाए।अधिकारीले भने, ‘ओलीले ल्याइदिएको खोप, आफैँले ल्याए जस्तो गर्ने। लगाउन नसक्ने। नेपालीहरुलाई अफगानिस्तानबाट फिर्ता ल्याओस्। यदि नल्याएमा सदन चल्न दिँदैनौँ।’

एमालेका अर्का सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयक छिटो पारित गर्न माग गरे।‘संसदमा पेश भएको नागरिकता विधेयकको प्रतिवेदनको स्वामित्व लिएर तुरुन्तै पास गरोस्। अध्यादेश ल्याउँदा पनि नहुने विधेयक पनि पारित नगर्ने?’ उनले भने।

सांसद केदार सिग्देलले भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न माग गरे।सिन्धुलीका सांसद गणेश पहाडीले संसदले संविधान संशोधन गरेर चुच्चे नक्सा पारित गरेको स्मरण गर्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

Next Post

जुम्लामा भालुको आक्रमणमा परि दुई जना घाइते, भालुको खोजीकार्य जारी

२८ श्रावण २०७८, बिहीबार १४:१३
जुम्ला।जुम्ला सदरमुकाम खलंगा बजारमा बिहिबार विहान भालुको आक्रमणबाट दुई जना घाईते भएका छन् । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेतिर भालुले आक्रमण गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाईल पसल संचालन गरिरहनु भएका हेमराज रोकाया र उहाँकी श्रीमती निर्मला रोकाया घाईते भएको प्रत्यक्षदर्शी स्थानीय देबेन्द्र कार्कीले जानकारी […]