सुनकाे मूल्य ताेलामा एक हजार बढ्याे

  ।   २८ श्रावण २०७८, बिहीबार १४:०१

काठमाडौँ।नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार आठ सय थियो।तेजाबी सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढेर ८८ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Next Post

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेकोप्रति सांसद महतद्धारा आपत्ति

२८ श्रावण २०७८, बिहीबार १४:०१
काठमाडौँ।कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेकोप्रति माओवादी केन्द्रका सांसद गजेन्द्र महतले आपत्ति जनाएका छन्।बिहीबार संसदको शून्य समयमा सांसद महतले राज्यका अरु निकायलाई समेत सुधार गर्नुपर्नेमा सरकारको ध्यान विद्युत् प्राधिकरणमा मात्रै केन्द्रित भएको आरोप लगाए। उनले अघिल्लो सरकारले हनुमान मात्रै र अहिलेको सरकारले कुलमान मात्रै देखेको भन्दै व्यंज्ञ […]