कुलमान घिसिङ विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त

  ।   २७ श्रावण २०७८, बुधबार १५:११

काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेर बुधबार नियुक्तपत्र दिइएको हो।

गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन भूमिका खेलेका घिसिङ जनस्तरमा निक्कै लोकप्रिय छन्।

माओवादी केन्द्रसहित कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यलाई सरकारले जल तथा उर्जा आयोगमा सरुवा गर्ने भएको छ। विशिष्ट श्रेणीको पदसहित उनलाई आयोगमा पठाउने निर्णय भएको ऊर्जा मन्त्रालयले जानकारी दियो।

Next Post

सर्वोच्चबाट आदेश नआएपछि ,अन्तत मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

२७ श्रावण २०७८, बुधबार १५:११
बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले  प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर राजीनामा बुझाएकाे एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि मुख्यमन्त्रीले प्रदेश प्रमुखकोमा गएर राजीनामा दिएकाे बताए । आफूविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु हुनु केही मिनेट अघि उनले राजीनामा […]