आई.टी.आर्मीको भेलामा बालबालिका

  ।   २२ श्रावण २०७८, शुक्रबार १४:४९

पर्सा। आई.टी.आर्मी पर्साको प्रथम भेला पर्साको एक पार्टी प्यालेसमा अहिले भइरहेको छ। पदम पार्टी सेन्टरमा सुरु भएको आई.टी.आर्मी पर्सा जिल्लाद्वारा आयोजित प्रथम भेलाको पूर्वसहरी विकास मन्त्री प्रभु शाह प्रमुख अतिथि रहेका छन्।

एमालेका नेता प्रभु साहको नेतृत्वमा घोषणा गरिएको उक्त आई.टी.आर्मीको जिल्ला भेलामा उमेर नपुगेका बालबालिकाहरुलाई प्रयोग गरिएको छ।  कक्षा ८,९ मा बढ्ने बालबालिकाको सहभागिता रहेको देख्न सकिन्छ।

बालबालिकालाई कुनै पनि राजनीतिक कृयाकलापमा प्रयोग गरिने छैन भनेर राजनीतिक दलहरुले प्रतिबद्धता जाहेर गरेका थिए। तर, उक्त प्रतिबद्धता विपरीत आई.टी.आर्मी पर्साको भेलामा बालकालिकाहरुलाई प्रयोग गरेका छन्।राष्ट्रिय अन्र्तराष्ट्रिय कानूनले बालबालिकालाई कुनै पनि राजनीतिक दलको आन्दोलन, भेलामा निषेध गर्दा गर्दै पनित्यसको कार्यान्वयनको अवस्था शून्य देखिन्छ।

नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा आई.टी. आर्मी घोषणा गरिएको हो। सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्धता जनाउनका लागि महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै साहको नेतृत्वमा आई.टी. आर्मी घोषणा गरिएको हो।

 

Next Post

मौसम पूर्वानुमान शाखाले दियो यस्तो जानकारी:भारी वर्षाको सम्भावना

२२ श्रावण २०७८, शुक्रबार १४:४९
काठमाडौं। अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।नेपालमा मनसुनी वायुको प्रभावका कारण सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूर पश्चिम […]

सम्बन्धित