नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.विष्टले पदबाट दिए राजीनामा

  ।   २२ श्रावण २०७८, शुक्रबार १३:३६

काठमाडौं। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्। केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका विष्टले विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिएका हुन्।

विष्टले आफूले ३८ महिना अघि पाएको जिम्मेवारीबाट बिदा लिएको जानकारी गराएका छन्। राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको विष्टको भनाइ छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिँदै उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गोकुल बास्कोटा एवं यो जिम्मेवारीमा रहुञ्जेल आफूलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा आभार प्रकट गरेका छन्।

विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको उल्लेख गरेका छन्।

Next Post

आई.टी.आर्मीको भेलामा बालबालिका

२२ श्रावण २०७८, शुक्रबार १३:३६
पर्सा। आई.टी.आर्मी पर्साको प्रथम भेला पर्साको एक पार्टी प्यालेसमा अहिले भइरहेको छ। पदम पार्टी सेन्टरमा सुरु भएको आई.टी.आर्मी पर्सा जिल्लाद्वारा आयोजित प्रथम भेलाको पूर्वसहरी विकास मन्त्री प्रभु शाह प्रमुख अतिथि रहेका छन्। एमालेका नेता प्रभु साहको नेतृत्वमा घोषणा गरिएको उक्त आई.टी.आर्मीको जिल्ला भेलामा उमेर नपुगेका बालबालिकाहरुलाई प्रयोग गरिएको छ।  कक्षा […]

सम्बन्धित