माडी नदीमा बगेर दुई बालिका बेपत्ता

  ।   ५ श्रावण २०७८, मंगलवार १२:५२
साकेतिक फोटो
साकेतिक फोटो

 प्युठान ।  माडी नदीमा बगेर  दुईजना बालिका बेपत्ता भएका छन्। नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो।बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका-४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र  नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए।

उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो।  मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका आठजना प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी भैरहेको छ।

सम्बन्धित