माधव नेपाल समूहको भेला बस्दै

  ।   ५ श्रावण २०७८, मंगलवार १२:४६

काठमाडौँ।नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ।प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले  जानकारी दिए।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए।सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यद्यपी अहिलेसम्म आफूहरूलाई उक्त विषयमा पत्र नआएको ती नेताले दाबी गरे।‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं, कारबाही र स्पष्टिकरणबारे थाहा छैन’, ती नेताले भने।एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था कुनै पनि स्पष्टिकरण र कारबाहीबारे अर्थ नहुने ती नेताले बताए।

‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, उनले भने।आज बिहान नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका छन्। प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा छ ।

Next Post

माडी नदीमा बगेर दुई बालिका बेपत्ता

५ श्रावण २०७८, मंगलवार १२:४६
 प्युठान ।  माडी नदीमा बगेर  दुईजना बालिका बेपत्ता भएका छन्। नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो।बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका-४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र  नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए। उनीहरुलाई […]

सम्बन्धित