संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

  ।   ४ श्रावण २०७८, सोमबार १२:३४

काठमाडौं। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख)  बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको यसअघिको सरकारले सो अध्यादेश ल्याएको थियो। सो अध्यादेशमा टेकेर सरकारले विभिन्न संवैधानिक अंगमा नियुक्ति गरेको थियो।

Next Post

दैलेखकाे सिंगाैडी केन्द्रविन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प

४ श्रावण २०७८, सोमबार १२:३४
सुर्खेत । आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३  म्याग्नेच्यूडको  भूकम्प  गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट  तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको जानकारी दिए ।