नेपाली कांग्रेसको कुनै पनि बैठक बालुवाटारमा नबस्ने

  ।   ४ श्रावण २०७८, सोमबार १२:१०

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताएका छन्।पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखेका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता जनाएका काँग्रेस नेता गगन थापाले जानकारी दिए।

नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले’ पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ।’

Next Post

आजबाट जोन्सोन खोप अभियान : प्राथमिकतामा को-को परे ?

४ श्रावण २०७८, सोमबार १२:१०
काठमाडौं। सरकारले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको छ। खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणर्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन्। साथै […]