अर्जेन्टिना बन्यो च्याम्पियन, पूरा भयो मेस्सीको सपना

  ।   २७ असार २०७८, आईतवार १०:०७

एजेन्सी।लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना दक्षिणी अमेरिका च्याम्पियन बनेको छ ।नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरि अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो ।

अर्जेन्टिनाको जितमा २२ औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि डी पलले पास दिएका हुन् ।यो समयका सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइने मेस्सीले राष्ट्रिय टिमबाट पहिलोपटक प्रमुख उपाधि जितेका हुन् ।

३४ वर्षका मेस्सीले क्लब र व्यक्तिगत तहमा हाँसिल गर्न पर्ने सबै सफलता पाए पनि लामो पर्खाई र प्रयासपछि राष्ट्रिय टिमको कसर पूरा गरेका हुन् ।साबिक विजेता ब्राजिललाई उसकै मैदानमा हराएर अर्जेन्टिना क्षेत्रीय च्याम्पियन बनेको हो ।

यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिका सर्वाधिक धेरै जित्ने उरुग्वेको कीर्तिमानमा बराबरी पनि गरेको छ । उरुग्वे समान अर्जेन्टिनाको कोपा अमेरिका उपाधि संख्या १५ पुगेको छ । सन् १९९३ पछि पहिलोपटक अर्जेन्टिनाले उपाधि उचालेको हो ।

Next Post

सर्वोच्च अदालतद्वारा संसद विघटन बदर

२७ असार २०७८, आईतवार १०:०७
काठमाडौँ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ ।सर्वोच्चले सोमबार आफ्नो फैसला सुनाउँदै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको जेठ ८ गते भएको संसद विघटन बदर गरेको हो।नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि प्रधानन्यायाधीश चोलेन्द्र […]