जसपा विवाद निरुपणका लागि इजलास गठन, साउन ३ गते पेशी

  ।   २३ असार २०७८, बुधबार १७:४३

काठमाडौँ।निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्नका लागि इजलास गठन गरेको छ। बुधबार आयोगको बैठकले पाँचैजना आयुक्तहरु रहने गरी इजलाश गठन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकताका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार निवेदन दिएपछि आयोगले मंगलबार अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग राखेर सहमति गराउने प्रयास गरेको थियो।

सहमति नभएपछि आयोगले ऐन र नियमावलीले निर्धारण गरेको प्रक्रिया अनुसार नै एक पक्षलाई आधिकारिकता दिन लागेको हो।इजलाश गठनसँगै साउन ३ गतेका लागि पेशीसमेत तोकिएको प्रवक्ता श्रेष्ठले बताए। उक्त दिन आफ्ना कानुन व्यवसायीसहित उपस्थित हुन भनेको हो।यादव पक्षले केन्द्रीय कार्यकारिणी परिषद र संसदीय दलमा आफू पक्षको बहुमत रहेकाले आधिकारिकता दिनुपर्ने माग गरेको छ।

Next Post

अर्जेन्टिना बन्यो च्याम्पियन, पूरा भयो मेस्सीको सपना

२३ असार २०७८, बुधबार १७:४३
एजेन्सी।लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना दक्षिणी अमेरिका च्याम्पियन बनेको छ ।नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरि अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा २२ औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल […]