निरन्तर सुख्खा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

  ।   १० असार २०७८, बिहीबार १५:२०

कालिकोट।कालिकोटको सान्नित्रिवेणी गाउँपालिका-१ भौरेकुना नजिक माथिबाट आएको सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।विहिबार विहान ८ बजे देखी आएको सुख्खा पहिरो दिनभर खसिरहेको छ । पहिरोले सडक अवरुद्ध भएपछि कर्णाली करिडोरमा आवत जावत गर्ने साना तथा मालबाहक गाडी बन्द भएका छन् । लुसा गाउँको पश्चिमतिर रहेको अम्रेल पुज्न देवाता थानबाट झरेको सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध पारेको हो ।

हाल यस क्षेत्रमा आउजाउ बन्द गराइएको छ । लुसा गाउँ नजिकबाट झरेको सुख्खा पहिरोसँगै ठुला ठुला ढुगां पनि खसिरहेका छन् । भारी बर्षासँगै कालिकोटमा बाढी पहिरो र सुख्खा पहिरोका घटना बढ्दै गएको छन् ।

Next Post

प्रधानमन्त्रिले बोलाए मन्त्रिपरिषद् बैठक ६ बजे

१० असार २०७८, बिहीबार १५:२०
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।बैठकले चार रिक्त सचिवहरु नियुक्त गर्ने स्रोतले जानकारी दिएको छ। लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेका १० मध्ये चार सचिवको मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ।