जुम्लामा जडीबुटी खोज्न गएका १ जनाको पहिरोमा परी मृत्यु, तीन घाइते

  ।   ३ असार २०७८, बिहीबार १६:२५

जुम्ला।अविरल वर्षाका कारण जिल्लाको पातारासी गाउँपालिका २ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सोही वार्डको पाटनतिर जडीबुटी संकलनका लागि गएका चार जना पहिरोमा परेका र एक जनाको मृत्यु भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा अन्दाजी ३४ वर्षीया सुकवीर नेपाली रहेका र घाइते हुनेमा महिला तारा नेपाली रहेको जुम्ला प्रशासनले जनाएको छ। अन्य घाइतेको विवरण नखुलेको चौलागाईले बताए ।उनीहरूको उद्धारका लागि बुधबार नै गृहमा पत्र पठाएको भए पनि खराब मौसमका कारण सेनाको हेलिकप्टर जान नसकेको जुम्ला प्रशासनले जनाएको छ।

 

 

Next Post

कांग्रेस पूर्वसांसद परियारको निधन

३ असार २०७८, बिहीबार १६:२५
 बाँके।पूर्वसांसद कृष्णसिंह परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो।कांग्रेस नेता परियार २०४८ सालमा सांसद निर्वाचित भएका थिए ।