विपद्‌ प्रतिकार्यका लागी कर्णाली सरकारले छुट्याएयो १० करोड बजेट

  ।   ३ असार २०७८, बिहीबार १४:००

सुर्खेत। कर्णाली सरकारले विपद्‌ प्रतिकार्यका लागी १० करोड  बजेट छुट्याएको छ।प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को कोषमा तत्काल १० करोड राख्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनीमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्। उक्त रकम विपद्‌ प्रतिकार्य निम्ति आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिने बताइएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद्‌ व्यवस्थापन परिषद् बैठक बसेको थियो। विपद्‌ न्युनीकरणमा जुट्न सबै स्थानीय तहहरूसँग समन्वय गरेर अघि बढ्ने निर्णय बैठकले गरेको छ।

४ दिनअघि नेपाल प्रवेश गरेको यस वर्षको मनसुन सक्रिय भएसँगै पानी लगातार पर्दा कर्णाली प्रदेशको सुर्खेतलगायत छिमेकी जिल्लाहरू बाढीपहिरोको उच्च जोखिममा रहेको जनाउँदै बैठकले प्रदेश नागरिकलाई सर्तक रहन आग्रहसमेत गरेको छ।

Next Post

जुम्लामा जडीबुटी खोज्न गएका १ जनाको पहिरोमा परी मृत्यु, तीन घाइते

३ असार २०७८, बिहीबार १४:००
जुम्ला।अविरल वर्षाका कारण जिल्लाको पातारासी गाउँपालिका २ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सोही वार्डको पाटनतिर जडीबुटी संकलनका लागि गएका चार जना पहिरोमा परेका र एक जनाको मृत्यु भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए । पहिरोमा परी मृत्यु हुनेमा […]