जोगाउनै पर्ने मुख्य ३ पार्टस् :मोटरसाइकल चालकले

  ।   २ असार २०७८, बुधबार १५:५५

काठमाडौं। युवामाझ मोटरसाइकल मोह अधिक छ। मोटरसाइकलमा हुइँकिनु धेरैको सोख हुन्छ। तर सबैले मोटरसाइकल चलाउन जानेका हुन्छन् भन्ने छैन। भौगोलिक संरचना तथा आर्थिक अवस्थाका कारण धेरैको मोटरसाइकल चढ्ने सपना पूरा नभएको हुनसक्छ। मोटरसाइकल आवश्यकता तथा सोखको साधन हो।

दुईपांग्रे सवारीले सजिलै जाम छिचोल्न सकिने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ। मोटरसाइकल रहर तथा सोखले मात्र चलाउन सकिँदैन। मोटरसाइकल खतरनाक सवारी पनि हो। त्यसैले मोटरसाइकल चलाउन विशेष ध्यान दिनुका साथै आफ्नो मोटरसाइकलको अवस्थाबारे राम्रो जानकारी राख्न आवश्यक हुन्छ। मोटरसाइकल चलाउँदा विभिन्न कुरामा ध्यान दिन सकेनौं भने ठूलो दुर्घटना हुने खतरा पनि रहन्छ।

मोटरसाइकलमा हजारौं पार्टसको प्रयोग भएको हुन्छ। मोटरसाइकल गुड्न हरेक पार्टसको उत्तिकै भूमिका रहेको हुन्छ। तर ती सबै पार्टस्को आचरण अनुसार मूल्य भने फरक रहेको हुन्छ। आज हामी मोटरसाइकलमा प्रयोग भएको तथा धेरै बिग्रने सम्भावना बोकेको पार्टस्को बारेमा चर्चा गर्न गइरहेका छौं।

सामान्यतया मोटरसाइकलको सबैभन्दा महँगो पार्टस् भनेको इन्जिन नै हो। तर, सामान्य अवस्थामा इन्जिन बिग्रने सम्भावना भने न्यून रहेको हुन्छ। मोटरसाइकल लामो समय पूर्ण रूपमा पानीमा डुबेको अवस्थामा, इन्जिन आयल समयमा परिवर्तन नगर्दा इन्जिनमा खराबी आउने गर्छ। तर, यसका अलावा पनि अन्य थुप्रै पार्टसहरु मोटरसाइकलमा रहेका हुन्छन्। जसलाई परिवर्तन गर्नुपर्दा ठूलो धनरासी खर्च गर्नु पर्ने हुन्छ।

क्लच प्लेटः मोटरसाइकल चलाउँदा सबैभन्दा धेरै प्रयोग हुने पार्टस् भनेको क्लच हो। हरेक पटक गियर चेन्ज गर्दा यसको प्रयोग गर्नु पर्ने हुन्छ। यसको मुख्य काम भनेको इन्जिन र गियरको कनेक्सनलाई सहज गराउने हो। सवारी चाप धेरै हुने स्थानमा मोटरसाइकल चलाउँदा क्लच रेगुलर प्रयोग हुन्छ। यस्तोमा क्लच प्लेटमा खराबी छिट्टै आउने गर्छ। क्लच प्लेट मोटरसाइकलमा प्रयोग हुने महँगो पार्टस् भित्र पर्छ। यसको राम्रोसँग प्रयोग नगर्दा खर्च बढ्न सक्छ। त्यसैले अनावश्यक क्लच लिने काम गर्नु हुँदैन।

चेनस्पोर्केटः मोटरसाइकल गुड्दा हरेक क्षण प्रयोग हुने अर्को पार्टस् चेनस्पोर्केट हो। यो पार्टस् बिग्रने धेरै सम्भावना रहेको हुन्छ। समयमा ल्यूव नगर्ने, सफा नगर्ने गर्दा यसमा समस्या आउने गर्छ। यो पार्टससमेत महँगो मध्यको एक र धेरै परिवर्तन गर्नु पर्ने पार्टस हो। यसलाई समय समयमा चेक गर्ने, सफा गर्ने गरेको खण्डमा केही बचाउ गर्न सकिन्छ।

डिस्क प्याडः मोटरसाइकल गति जति नै भए पनि यसलाई नियन्त्रण गर्ने काम ब्रेकको हुन्छ। आधुनिक मोटरसाइकलमा डिस्क ब्रेक प्रयोग हुने गरेको छ। ड्रम ब्रेकको तुलनामा डिस्क ब्रेक सिस्टम महँगो रहेको छ। विभिन्न कम्पनी अनुसार डिस्क प्याडको मूल्य फरक रहेको छ। सुरक्षाको हिसाबले डिस्क प्याड सधैँ आधिकारिक मात्र प्रयोग गर्नु पर्छ। हाम्रो जस्तो धुलो, हिलो हुने सडकमा मोटरसाइकल चलाउँदा यसमा फोहोर जम्मा भएर चाँडै बिग्रने सम्भावना हुन्छ। यसले डिस्क रिमलाई समेत हानी पुर्‍याउने गर्छ। यसले मोटरसाइकलमा अझै धेरै खर्च बढाउने गरेको पाइन्छ।

Next Post

बाढीले मनाङको नासोँ गाउँपालिको भवनसहित होटल तथा बैंक रहेको भवनहरु बगायो:

२ असार २०७८, बुधबार १५:५५
मनाङ।मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका भवनसहित होटल तथा बैंक रहेको भवनहरु बगाएको छ।मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासोँ गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय भवन, प्राइम बैंकको शाखा रहेको भवनसहित धारापानीमा रहेका पाँचवटा होटल रहेका भवनहरुमा मर्स्याङ्गदी नदीमा आएको बाढीले क्षति गरेको छ। यस्तै नासोँ गाउँपालिका वडा […]