गृह मन्त्रालयको निर्णय:उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्ने

  ।   २ असार २०७८, बुधबार १२:४५

काठमाडौँ।लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहत कार्यलाई तीव्र पार्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।बुधबार बिहानै मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेर राहत तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

गृह पदाधिकारीका अनुसार उद्धार तथा राहतका लागि हेलिकप्टर तयारी अवस्थामा छन् । आवश्यक परेका ठाउँमा हेलिकप्टरबाट उद्धार तत्काल सुरु हुने गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायलाई पनि उद्धार तथा राहतका लागि खटिन गृह मन्त्रीले निर्देशन दिएको जनाइएको छ ।लगातारको वर्षाका कारण सिन्धुपाल्चोक, मनाङसहितका जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति गरेको छ ।

Next Post

बाढी–पहिरो प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार दिने: विपद व्यवस्थापन समितिको निर्णय

२ असार २०७८, बुधबार १२:४५
काठमाडौँ।विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक, मनाङसहित देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत प्रदान गरि उद्धार तथा पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ।गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले खोजी, उद्धारका कामलाई द्रूत गतिमा चलाउँदै राहत तथा पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको हो। बैठकपछि […]