थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई दिल्ली लगिँदै

  ।   २ असार २०७८, बुधबार ११:३८

काठमाडाैँ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको दिल्ली लगिने भएको छ।अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई बुधबार दिल्ली लैजाने तयारी भएको उनको सचिवालयले जानकारी दिएको छ।दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने सचिवालयले बताएकाे छ।

नेकमा एमालेका वरिष्ठ नेता खनाल केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका थिए। संक्रमणमुक्त भएर घरमै आराम गरिरहेका बेला अचानक उनकाे स्वास्थ्यमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएकाे थियाे।नर्भिक अस्पतालका चिकित्सकले खनालकाे स्वास्थ्यमा ‘पाेष्टकाेभिड’ समस्या देखिएकाे बताएका थिए।

Next Post

गृह मन्त्रालयको निर्णय:उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्ने

२ असार २०७८, बुधबार ११:३८
काठमाडौँ।लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहत कार्यलाई तीव्र पार्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।बुधबार बिहानै मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेर राहत तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । गृह पदाधिकारीका अनुसार उद्धार […]