सिन्धुपाल्चोकको हेलम्बुमा पहिरोः कम्तीमा सातजनाको मृत्यु

  ।   २ असार २०७८, बुधबार १०:२७

सिन्धुपाल्चोक।जिल्लाको हेलम्बुमा गएको लेदोसहितको बाढी तथा पहिरोमा कम्तीमा सातजनाको मृत्यु भएको छ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हेलम्बुमा लेदोसहितको बाढी तथा पहिरोका कारण सातजनाको मृत्यु भएको पुष्टि भएको हो।

उनले भने, ‘अहिलेसम्म मानवीय हताहती सातजनाको भएको भन्ने पुष्टि भएको छ। यसअघि बेपत्ता भनिएकामध्ये केही सम्पर्कमा आएका छन्। लेदोसहितको बाढी देखेपछि सुरक्षाका लागि जंगल तिर गएकाहरु सम्पर्कमा नआउँदा बेपत्ता भएका हुन् कि भन्ने आशंका थियो। अहिले केही स्थानीयहरु सम्पर्कमा आएका छन्।’

लेदोसहितको बाढी तथा पहिरोले केही माछा फर्ममा क्षति गरेको पनि उनले बताए। सुरक्षा फौजका पोस्टहरु बगाएको र केही पुलमा समेत क्षति गरेको पनि उनले जानकारी दिए।प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘पानीको सतह केही कम हुन थालेसँगै बगाएको ठानिएका केही पुलहरु देखिन थालेका छन्। खोजी तथा उद्धारको काम जारी छ। विस्तृत विवरण संकलन हुँदैछ।’

Next Post

थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई दिल्ली लगिँदै

२ असार २०७८, बुधबार १०:२७
काठमाडाैँ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको दिल्ली लगिने भएको छ।अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई बुधबार दिल्ली लैजाने तयारी भएको उनको सचिवालयले जानकारी दिएको छ।दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने सचिवालयले बताएकाे छ। नेकमा एमालेका वरिष्ठ नेता खनाल केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका थिए। संक्रमणमुक्त भएर घरमै […]