विद्युतीय धरापमा परी झापामा एक महिलाको मृत्यु

  ।   १ असार २०७८, मंगलवार १७:०५
 सांकेतिक फाटो
सांकेतिक फाटो

झापा।हात्तीलाई थापेको विद्युतीय धरापमा परी झापाको बुद्धशान्ति गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ।बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीया विष्णुमाया बासकोटाको हात्तीलाई थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस् भनेर राखेको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो।

Next Post

सिन्धुपाल्चोकको हेलम्बुमा पहिरोः कम्तीमा सातजनाको मृत्यु

१ असार २०७८, मंगलवार १७:०५
सिन्धुपाल्चोक।जिल्लाको हेलम्बुमा गएको लेदोसहितको बाढी तथा पहिरोमा कम्तीमा सातजनाको मृत्यु भएको छ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हेलम्बुमा लेदोसहितको बाढी तथा पहिरोका कारण सातजनाको मृत्यु भएको पुष्टि भएको हो। उनले भने, ‘अहिलेसम्म मानवीय हताहती सातजनाको भएको भन्ने पुष्टि भएको छ। यसअघि बेपत्ता भनिएकामध्ये केही सम्पर्कमा आएका छन्। लेदोसहितको बाढी […]