देशभर मनसुन सक्रिय, धेरै स्थानमा दिनभर वर्षाको सम्भावना

  ।   १ असार २०७८, मंगलवार ११:०२

काठमाडौँ।देशभर मनसुन सक्रिय हुँदा बदली तथा वर्षाको अवस्था जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै प्रदेश २ को थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबिच देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Next Post

निरन्तर वर्षाका कारण हुम्लामा यातायात सेवा ठप्प, जनजीवन प्रभावित

१ असार २०७८, मंगलवार ११:०२
धन बहादुर भण्डारी हुम्ला।देशभर मनसुन शुरुवात भए सँगै देशका विभिन्न क्षेत्रमा हावा हुरी र भारी वर्षा भइरहेको छ । देशको उच्च स्थानमा रहेको हिमाली जिल्ला हुम्लामा पनि शुक्रवार राती देखि लगातार भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण जिल्लामा रहेको एक मात्र यातायातको साधन भनेको हवाई मार्ग पनि ठप्प […]