सातै प्रदेशले आज ल्याउँदै आगामी आर्थिक वर्ष २०७८/७९ बजेट:कर्णाली प्रदेशले दिउँसो १ बजे प्रस्तुत गर्ने

  ।   १ असार २०७८, मंगलवार १०:५२

सुर्खेत।असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता बमोजिम सातवटै प्रदेशले आज मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछन्। कर्णाली प्रदेशमा आजै दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ। सोमबार मात्रै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको गण्डकी प्रदेशमा पनि मंगलबार दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने तयारीमा छ। गण्डकीको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफै प्रस्तुत गर्दैछन्।

बिहान १० बजे बस्ने प्रदेश बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट ल्याउने तयारी गण्डकीमा भइरहेको हो।यस्तै प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ।प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ।

Next Post

देशभर मनसुन सक्रिय, धेरै स्थानमा दिनभर वर्षाको सम्भावना

१ असार २०७८, मंगलवार १०:५२
काठमाडौँ।देशभर मनसुन सक्रिय हुँदा बदली तथा वर्षाको अवस्था जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै प्रदेश २ को थोरै स्थानमा […]