उच्च शिक्षाको गुणस्तर सुधारको लागि,विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने

  ।   २९ जेष्ठ २०७८, शनिबार १६:००

काठमाडौँ । विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ ।विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो ।

आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि रकम लगानी गर्न सकिने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

Next Post

केन्द्रको राजनीतिक दाउपेच प्रदेशमा पनि हाबी, संसदमा विश्वास मत नपाएका मुख्यमन्त्री गुरुङले गरे बहुमतको दावी

२९ जेष्ठ २०७८, शनिबार १६:००
पोखरा।प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् । उनी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित गएका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जसपा केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय […]