राउटे युवतीका सामग्री हटाउन जिल्ला अदालत सुर्खेतले दियो आदेश:

  ।   २९ जेष्ठ २०७८, शनिबार १४:३५

सुर्खेत।जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशितरप्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ।

अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिएको छ।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशितरप्रसारित सामाग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु,’ न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामाग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु।’

यस्तै आदेशमा युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरुका सामग्रीहरु हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन भनिएको छ।

 

Next Post

कर्मचारी ओसार्ने क्रममा सरकारी गाडी दुर्घटना, एकजनाको मृत्यु

२९ जेष्ठ २०७८, शनिबार १४:३५
प्युठान ।प्युठानमा एक सरकारी गाडी दुर्घटनामा परेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटनाग्रस्त हुँदा १ जनाको ज्यान गएको छ। तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई […]