अभियान्ता ज्ञानेन्द्र शाहीको समुह र स्थानीय युवाहरुको समुह बीच सुर्खेतको करेखोलामा झडप, पाँच जना पक्राउ

  ।   २९ जेष्ठ २०७८, शनिबार १३:१२

सुर्खेत।जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा गएराती साढे दश बजे ज्ञानेन्द्र शाहीको समूह र स्थानीय युवाहरुको समूहबीच झडप भएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ज्ञानेन्द्र शाहीको टोली करेखोलाबाट फर्किरहेको र नेवारेमा सिकर्मी काम गरेर घर पर्किएका चार जना बीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगरका १३ का सुजन सारु, ललित गाहा, टंक सलामी, घनश्याम सलामी र नवराज गिरी नियन्त्रणमा रहेका छन् ।

उनका अनुसार झडपमा परेर ज्ञानेन्द्र शाही लगायत केही घाइते भएका छन् । पाँच जनाको समूहमा रहेका ज्ञानेन्द्र शाहीलाई सामान्य उपचारपछि डाक्टरहरूले डिस्चार्ज गरिसकेको उनको भनाइ छ ।‘ज्ञानेन्द्र शाहीको गाडीभन्दा अगाडि वीरेन्द्रनगरतर्फ आइरहेका दुईवटा मोटरसाइकलमा सवारसँग स्थानीय समूहको विवाद भएको सुन्नमा आएको छ । त्यसपछि त्यहाँ झडप भएको रहेछ,’ डिएसपी घर्तीले भने, ‘त्यहाँबाट स्थानीयले हामीलाई जानकारी गराएपछि उहाँहरूलाई जोगाएर सुरक्षित रुपमा हामीले यहाँ ल्याएका हौं । राती अवेर भइसकेको थियो ।’

उनले शाहीको टीम त्यहाँ किन गएको भन्ने बारे पूरा नखुलेको जानकारी दिए ।‘उहाँहरू त्यहाँ आफन्तको घरमा गएको भन्ने पनि हल्ला सुनिएको छ । यस्तै राहत बाँडन गएको भन्ने पनि सुनिएको छ,’ उनले भने, ‘कहाँ जानु भएको हो । के गरेर फर्किनुभयो भनेर जानकारी लिन हामीले प्रहरी टोली पठाइसकेका छौं । टोली आइसकेपछि विस्तृत विवरण जानकारी हुनेछ ।’

उनले पक्राउ परेका युवाहरुले मादक पदार्थ सेवन गरेको पाइएको बताउँदै शाहीको समूहले मादक पदार्थ सेवन गरे नगरेको थाहा नभएको बताए ।उनले घटनामा कुनैपनी दल संलग्न नभएको बताउँदै मापसेका कारण नै घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

प्रहरीले यस घटनबारेमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।स्थानीयका अनुसार शाहीको समूहले पनि राती मदिरा सेवन गरेको बताएका छन । आफूहरूले प्रहरीलाई खबर नगरेको र प्रहरीले उद्धार नगरेको भए अप्रिय घटना घट्ने प्रत्यक्षदर्शीले बताए ।

 

Next Post

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखद्धारा आज प्रस्तुत हुँदै

२९ जेष्ठ २०७८, शनिबार १३:१२
सुर्खेत।कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा आज प्रस्तुत हुने भएको छ ।आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले प्रदेश सभामा आज बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । ‘आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ ।’ सभामुख राजबहादुर […]