नागरिकता अध्यादेश रोक्न सर्वोच्चको अन्तरिम आदेश

  ।   २७ जेष्ठ २०७८, बिहीबार १८:०५

काठमाडौ।सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अन्तरिम आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसले उक्त अध्यादेश यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

कानुन बनाउने संसदको अधिकारक्षेत्र रहेकोमा त्यसलाई मिचेर अत्यावश्यक कामको रुपमा अध्यादेश जारी हुन नसक्ने भन्दै सर्वोच्च अदालतले अध्यादेशलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।आदेशमा भनिएको छ,नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेदनशील कुरा हो ।

वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्दछ भने गैर नेपालीलाई कानुनबमोजिम प्रक्रिया पूरा गरेर अंगिकृत वा मानार्थ नागरिकता दिनेजस्ता कुरामा बाहेक नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिदैँन । गैरनेपाली व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन मिल्दैन ।ु

६ वटा रिट निवेदनहरूको एकमुष्ट सुनुवाई गर्दै संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको भोलिपल्ट जेठ ९ गते प्रधानमन्त्रीको सिफारिसमा अध्यादेश जारी गरेकी थिइन् ।

 

Next Post

अन्ततः गण्डकीमा ढल्यो एमाले सरकार, विपक्षीलाई सरकार गठनकाे बाटाे खुल्याे

२७ जेष्ठ २०७८, बिहीबार १८:०५
गण्डकी। दलहरुभित्रको लामो अन्तरसंघर्षपछि अन्ततः नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका थिए ।तर, उनले विश्वासको मत पाउन सकेनन् । प्रदेशसभामा जम्मा उपस्थित ५८ जनामध्य ५७ जनाको मत खसेको छ । जसमा मुख्यमन्त्री गुरूङले २७ मत पाएका छन् । हुन्छ […]