प्रदेश २ को सांसद पदमा कारवाही परेकी ज्वाला केन्द्रीय मन्त्री

  ।   २७ जेष्ठ २०७८, बिहीबार १७:१३

जनकपुरधाम। प्रदेश सांसद पदमा कारवाहीमा परेकी महिला नेत्री केन्द्रीय सरकारमा मन्त्री हुने भएकी छिन् ।प्रदेश २ मा माओवादी केन्द्रले कारवाही गरेको नेत्री ज्वाला साह नेपाल सरकारको कृषि मन्त्री बन्न लागेकी छिन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कृषि मन्त्री बन्न लागेकी ज्वाला साह माओवादी केन्द्रलाई छाडेर एमाले गएकी थिइन् ।माओवादी केन्द्रको पूर्व केन्द्रीय सदस्य साह प्रदेश २ को प्रदेशसभामा सांसदमा निर्वाचित भएकी थिइन् ।

उनी बाराको क्षेत्र नं. ३ को कबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेपछि साह ओलीतिर नै लागेको भन्दै माओवादी केन्द्रले साहसहित चार जनालाई कारवाही गरेका थिए ।माओवादीबाट कारवाहीमा परेकी साह अहिले एमालेको प्रदेश २ अध्यक्ष छिन् ।

Next Post

मेगा बैंकले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

२७ जेष्ठ २०७८, बिहीबार १७:१३
एजेन्सी।मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमितश्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो […]