यस्तो बन्यो ‘ओली सरकारको मन्त्रिमण्डल’ आठ मन्त्रीको नियुक्तिपछि :

  ।   २७ जेष्ठ २०७८, बिहीबार १६:५६

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्।उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्।

नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छिन्।

उनीहरुको आजै अपरान्ह ४ बजे शीतलनिवासमा शपथग्रहणको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

Next Post

प्रदेश २ को सांसद पदमा कारवाही परेकी ज्वाला केन्द्रीय मन्त्री

२७ जेष्ठ २०७८, बिहीबार १६:५६
जनकपुरधाम। प्रदेश सांसद पदमा कारवाहीमा परेकी महिला नेत्री केन्द्रीय सरकारमा मन्त्री हुने भएकी छिन् ।प्रदेश २ मा माओवादी केन्द्रले कारवाही गरेको नेत्री ज्वाला साह नेपाल सरकारको कृषि मन्त्री बन्न लागेकी छिन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कृषि मन्त्री बन्न लागेकी ज्वाला साह माओवादी केन्द्रलाई छाडेर […]