मन्त्री थापालाई बैठकमा प्रवेश निषेध गर्न सहमतिपछि सुचारुभयो, कर्णाली प्रदेश सभा आठौँ अधिवेशनको तेस्रो बैठक

  ।   २७ जेष्ठ २०७८, बिहीबार १६:३१

सुर्खेत।तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुचारु भएको छ ।प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे निर्णयसमेत गरेका छन् । सरकार पक्ष, र दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Next Post

यस्तो बन्यो 'ओली सरकारको मन्त्रिमण्डल' आठ मन्त्रीको नियुक्तिपछि :

२७ जेष्ठ २०७८, बिहीबार १६:३१
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्।उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), […]