गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

  ।   २७ जेष्ठ २०७८, बिहीबार १२:५८

कास्की। गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए।

संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ।जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन्। तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

Next Post

प्रधानमन्त्री ओलीले पुन: गरे मन्त्रिमण्डल विस्तार, को-को भए मन्त्री ?

२७ जेष्ठ २०७८, बिहीबार १२:५८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नयाँ थपिने मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (वादल पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह,  उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री […]