देशभर सामान्यदेखि पूर्ण बदली, केही ठाउँमा वर्षाको सम्भावना

  ।   २७ जेष्ठ २०७८, बिहीबार १२:२२

 

काठमाडौँ।देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली भएको हो ।

अहिले देशभर सामान्य बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।यसैबिच देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Next Post

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

२७ जेष्ठ २०७८, बिहीबार १२:२२
कास्की। गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था […]