पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोना संक्रमणमुक्त,८१ जनाको मृत्यु

  ।   २६ जेष्ठ २०७८, बुधबार १७:३४

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ।पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ।

Next Post

देशभर सामान्यदेखि पूर्ण बदली, केही ठाउँमा वर्षाको सम्भावना

२६ जेष्ठ २०७८, बुधबार १७:३४
  काठमाडौँ।देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली भएको हो । अहिले देशभर सामान्य बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]