संसद विघटन मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘कारण देखाऊ’आदेश,९ गतेदेखि निरन्तर सुनुवाइ हुने

  ।   २६ जेष्ठ २०७८, बुधबार १६:४६

काठमाडौँ।संवैधानिक इजलासले संसद विघटनको मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।बुधबारको बहसका क्रममा न्यायाधीशहरुले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई असार ८ गतेभित्र संसद विघटनको कारण प्रस्तुत गर्न आदेश गरेका छन्।

असार ८ गतेभित्र राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले कारण प्रस्तुत गरेपछि ९ गतेदेखि यस मुद्दाको सुनुवाइ सुरु हुने भएको हो।संसद विघटनसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४६ जना सांसदहरुको हस्ताक्षरसहित दायर गरेको रिटलाई मुख्य मुद्दा मानेर अन्य रिटहरुलाई सोही मुद्दाको सहायक मुद्दा मानेर सुनुवाइ अगाडि बढाइने भएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरिँदा संविधानको आधारभूत संरचनामाथि नै प्रहार भएको वरिष्ठ अधिवक्ताहरुले बताएका थिए।

संसद विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा जारी बुधबारको सुनुवाईको क्रममा संसद विघटन खारेज गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदको तर्फबाट दायर रिटको पक्षमा बहसको क्रममा अधिवक्ताहरुले यस्तो बताएका हुन्।

वरिष्ठ अधिवक्ता शम्भू थापाले बहसको क्रममा भने, ‘संविधान अनुसार विश्वासको मत ३० दिन भित्र लिनु पर्छ, नलिए प्रधानमन्त्री रहँदैनन्। विश्वासको मत पाउन नसकेको अवस्थामा स्वतः पद मुक्त हुन्छन्। जसले विश्वासको मत पाउन सक्दिँन भन्यो र संसदको सामना गरेन भने उ कसरी प्रधानमन्त्रीमा टिकिरहन्छ।’

उनले अघि भने, ‘धारा ७६ संविधानको आधारभूत संरचना हो। यसको उल्लंघन भएको अवस्थामा अरु कुनै पनि धारा बाँकी रहँदैनन्। राष्ट्रपति र प्रधानमन्त्रीबाट यसको उल्लंघन भएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्दिँन भनेर गरेको सिफारिस मोर अनक्वालिफाइड छ।’

Next Post

पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोना संक्रमणमुक्त,८१ जनाको मृत्यु

२६ जेष्ठ २०७८, बुधबार १६:४६
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ।पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३ […]