होटलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता

  ।   २५ जेष्ठ २०७८, मंगलवार १५:३८

सुर्खेत।होटलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । राउटे युवतीमाथि गलत हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेसँगै पक्राउ उनीहरुविरुद्ध कानुनी कारबाही सुरु गरिएको हो ।

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट ९ का २९ वर्षीय विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढामाथि जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गरेको हो । महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील एक गैरसरकारी संस्थाले किटानी जाहेरी दर्ता गराएको छ ।

घटना बाहिरिएलगत्तै संस्थाले जिल्ला प्रहरी सुर्खेतमा किटानी जाहेरी दिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । सामाजिक संजालमा सार्वजनिक भएको भिडियोलाई प्रमाण मान्दै यौन दुर्व्यवहार तथा जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी आएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा युवाहरुले आरोप स्वीकार गरिसकेका छन् । प्रहरीका अनुसार उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Next Post

प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन गर्ने माग

२५ जेष्ठ २०७८, मंगलवार १५:३८
काठमाडाैँ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ। मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार […]