नबिल बैंकको एटिएम मेसिन फुटाउने एकजना पक्राउ

  ।   २५ जेष्ठ २०७८, मंगलवार १५:१४

उदयपुर।गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नबिल बैंकको एटिएम मेसिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए।

मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।

भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान शुरु गरिएको छ।

Next Post

होटलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता

२५ जेष्ठ २०७८, मंगलवार १५:१४
सुर्खेत।होटलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । राउटे युवतीमाथि गलत हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेसँगै पक्राउ उनीहरुविरुद्ध कानुनी कारबाही सुरु गरिएको हो । यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट ९ का २९ वर्षीय विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढामाथि […]