बिश्वखाद्य कार्यक्रम रातो कितावमा सिमित

  ।   २४ जेष्ठ २०७८, सोमबार १५:१९

कालिकोट। जिल्लाको पलाँता गाउँपालिकामा बिश्वखाद्य कार्यक्रम सरकारी रातो कितावमा सिमित रहेको खुल्न आएको छ ।आर्थीक वर्ष ०७५ /०७६ को गाउँ सभामा पास गराएका १०० भन्दा बढि योजनाहरुमा ३ वटा मात्रै योजना कार्यन्यनमा आएको थियो।

के कति कारणले कार्यन्यनमा हुन सकेन भन्ने सवालमा हाम्रो प्राबिधिक त्रुटी भयो भनेर स्थानिय सरकार सँग माफि मागेको स्थानिय सस्था हुरेन्डेकले पछिल्लो आर्थीक वर्ष ०७७/०७८ मा पनि करोडौंका योजना फेरि गाउँ सभाबाट पास गराएको छ ।

असार मसान्त सम्म १० प्रतिशत आयोजना मात्र निर्माणाधीन अबस्थामा रहेका छ भने अन्य आयोजना को कुनैपनि अत्तोपत्तो नभएको र सामान्य ४ /५ लाखको टमाटर ,आलु , लसुन प्याजको बीउ बाडेर फोटो खिचेर प्रचार गर्ने काम भैरहेको जनगुनासो छ । यो कार्यबाट पलाँता सरकार  पनि असन्तुष्ट रहेको छ।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमका अनुुसार हामिले किन हुन सकेन बजेट कार्यन्यन ?कता गयो करोडौं बजेट? बिश्वखाद्यको भने प्रश्नको एउटै जवाफमा थियो ‘अघिल्लो साल सम्पन्न गर्छु भनेर खिन सिचाई आयोजना १ करोड ५० लाख काम सुरु नै नगरि अहिलेको बजेटमा ९९ लाख मात्र बजेट पास गर्न अनुरोध गरेकोे छ भने वडा न ५ को १ करोड सिपमुलक तालिम भनेर सभाले पास गरेको बजेट गाउपालिकाले खोजि गर्दा बिश्वखाद्यले काटेको स्थानिय संथाले स्थानिय सरकारलाई जानकारी दिएका छन ‘।

नेपाल सरकार बन तथा वातावरण मन्त्रालयलाई फकाउन बजेट रातो कितावमा हालेको कुरा बाहिर खुल्न आएको छ ।

Next Post

एमालेद्धारा कर्णाली प्रदेश सदन अवरुद्ध, फौजदारी अभियोग लागेका मन्त्रीलाई पदमुक्त गर्न माग:

२४ जेष्ठ २०७८, सोमबार १५:१९
सुर्खेत।कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका अम्मर थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताएका छन् । नेता यामलाल कंडेलले ‘नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको रु भन्दै प्रश्न गरे […]