गुराँस गाउँपालिकालाई एन्टिजेन किटसहित स्वास्थ्य सामाग्री प्रदान

  ।   २० जेष्ठ २०७८, बिहीबार १४:५८

दैलेख। जिल्लाको गुरासँ गाउँपालिकालाई सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा पाँच सय एन्टिजेन किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस अर्थात (कोभिड १९)को बढ्दो संक्रमणलाई मध्यनजर गरि बुधबार गाउँपालिकालाई एन्टिजेन किटसहित १० वटा हस्पिटल बेड, एक सय वटा पीपिई सेट, १० वटा डेड बडी ब्याग सहयोग गरिएको हो ।

त्यसैगरी १६ लिटरको दुई वटा इस्प्रे पम्प, ५ सेट पल्स अक्सिमिटर, दुई हजार पीस सर्जिकल मास्क र ५ सय जोडी ग्लोब्स सहयोग हस्तान्तरण गरिएको कार्यक्रम निर्देशक बिसीले बताए । गुराँस गाउँपालिकाले रानीमत्तामा सञ्चालनमा ल्याएको कोभिड–१९ अस्पतालका लागि एन्टिजेन किट सहित स्वास्थ्य सामग्री सहयोग गरिएको सोसेकका कार्यक्रम निर्देशक नवराज बिसीले बताए ।

बुधवार गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, स्वास्थ्य शाखाका कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले परियोजनाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे । उनले अब आवश्यकता अनुसार एन्टिजेनमार्फत कोरोना परीक्षण गर्न सकिने बताए ।

Next Post

ओलीले बोलाएको एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित,नेपाल पक्षधरकोभने बैठक जारी

२० जेष्ठ २०७८, बिहीबार १४:५८
काठमाडौँ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आफू पक्षीय स्थायी कमिटी बैठक बिहीबार पनि अन्तिम समयमा आएर स्थगित भएको छ।ओलीले बुधबार दिउँसो चार बजे तोकेको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।यता नेपाल पक्षको […]

सम्बन्धित