खोलामा डुबेर दाङमा पाँच वर्षीया बालिकाको मृत्यु

  ।   १९ जेष्ठ २०७८, बुधबार १६:२७

दाङ।जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ कमानपुर निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेर मृत्यु भएको छ।अर्जुन खोलामा साथीहरुसँग नुहाउन गएकी इन्दुको खोलामा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग नुहाउन गएकी थिइन्।बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

Next Post

नेपाल पक्षले बोलाएको बैठक अवैधः एमाले

१९ जेष्ठ २०७८, बुधबार १६:२७
काठमाडौं। सत्तारूढ नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक नबोलाएको स्पष्ट पारेको छ। एमालेका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङ्गले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गर्दै निन्दा र भत्र्सना गरेको जनाएका छन्। तामाङले पार्टी केन्द्रीय कमिटीका सदस्यलाई पार्टीको विधान र मुलुकको […]

सम्बन्धित