एमाले स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सकियो

  ।   १८ जेष्ठ २०७८, मंगलवार १६:०९

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गर्दै सकिएको हो।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको जानकारी दिए। पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तालमेल नमिलेको उनको भनाइ छ। पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए।

‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ,’ ज्ञवालीको भनाइ छ। उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो दलका उम्मेदवारलाई हराउन लागिपरेका नेता चाँडै पार्टीमा फर्केर एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

अब पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने ज्ञवालीले बताए। उनले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए। अहिले वार्ता टोली क्रियाशील नरहेको उनले बताए। वार्ता टोलीमा रहेका कतिपय नेता कारबाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए।

बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति, सर्वोच्चमा परेको मुद्दा, आगामी आर्थिक वर्षको बजेट, लुम्बिनीमा भएको राष्ट्रियसभा उपनिर्वाचनमाथि पनि छलफल भएको उनले बताए। त्यस्तै, सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ।बैठकमा स्पष्टीकरण सोधेका १२ जना नेतालाई कारबाहीबारे बैठकको एजेन्डा नै नभएको उनले बताए।

 

Next Post

चौधरी ग्रुपकाे बियर प्लान्टमा भीषण आगलागी

१८ जेष्ठ २०७८, मंगलवार १६:०९
नवलपुर।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा भीषण आगलागी भएको छ।आज (बुधबार) बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र प्रयोग गरिएको छ। आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।जिल्लाको देवचुली–२ मा […]