बैंकहरुकाे निक्षेप सङ्कलन घट्याे

  ।   १८ जेष्ठ २०७८, मंगलवार ११:२२

काठमाडाैँ। वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ। जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ। जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ।

तर, यस अवधिमा बैङ्कको कर्जा लगानी भने १० अर्ब रुपैयाँले बढेको छ। जेठ सात गतेसम्म ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा १४ गते आइपुग्दा ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यसले लगानीका लागि कर्जाको माग बढी रहेको देखाउँछ। निक्षेप भन्दा कर्जा बढी हुदै गए तरलता –लगानीयोग्य रकम) संकट चुलिन सक्नेछ।

Next Post

सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानन्यायाधीश

१८ जेष्ठ २०७८, मंगलवार ११:२२
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीशले सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्। स्रोतका अनुसार उनले अहिले केहीबेरपछि सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्न लागेका छन्। न्यायाधीश द्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुन […]