सगरमाथा चढेर स्वदेश फर्किए बहराइनका राजकुमार अल खलिफाको टोली

  ।   १८ जेष्ठ २०७८, मंगलवार ११:०८

काठमाडौँ ।विश्वकाे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन् ।राजकुमार अल खलिफासहितको टोली बहराइनको विशेष विमान मार्फत मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई लिन बहराइनबाट विशेष विमान सोमबार नै काठमाडौँ आएको थियो ।

राजकुमार अल खलिफाले गएको वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरामा पाइला टेकेको थियो ।आरोहण मार्ग डोरी लगाउने कामी रिता शेर्पासहितको १२ सदस्यीय शेर्पा टोली पछि राजकुमार खलिफाको समूह सिजन सगरमाथामा पुग्ने पहिलो समूह बनेको थियो ।

राजकुमार खलिफासहिले विगतको भन्दा उचाई बढेको सगरमाथा चढेका हुन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।

राजकुमार खलिफाले यसअघि गएको वर्ष लोबुचे र मनास्लु हिमाल चढेका थिए । उनलाई नेपाल सरकारले सोमबार सम्मानित पनि गरेको थियो ।विमानस्थलमा राजकुमार अल खलिफालाई लोकबाजा टुङ्ना र थाङ्का उपहार स्वरुप प्रदान गरिएको थियो ।

Next Post

बैंकहरुकाे निक्षेप सङ्कलन घट्याे

१८ जेष्ठ २०७८, मंगलवार ११:०८
काठमाडाैँ। वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ। जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ। जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ। तर, यस अवधिमा बैङ्कको […]