बर्दियामा राष्ट्रिय निकुञ्जमा फेरि बाघको आक्रमणबाट एकजनाको मृत्यु:

  ।   १८ जेष्ठ २०७८, मंगलवार १०:५२
फाइल फोटो
फाइल फोटो

बर्दिया। बर्दियामा पाटेबाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।बर्दिया राष्ट्रिय निकुञ्जको सीमा बाहिर रहेको सामुदायिक वनमा सोमबार बाघले ती महिलालाई आक्रमण गरेको हो ।

बर्दियामा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रको जंगलमा रहेका बाघको आक्रमणबाट गएको साउन यता ११ जनाको ज्यान गइसकेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाले जानकारी दिए ।

Next Post

सगरमाथा चढेर स्वदेश फर्किए बहराइनका राजकुमार अल खलिफाको टोली

१८ जेष्ठ २०७८, मंगलवार १०:५२
काठमाडौँ ।विश्वकाे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन् ।राजकुमार अल खलिफासहितको टोली बहराइनको विशेष विमान मार्फत मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई लिन बहराइनबाट विशेष विमान सोमबार नै काठमाडौँ आएको थियो । राजकुमार अल खलिफाले गएको वैशाख २८ गते मंगलबार […]