राउटे समुदायमा कोरोना रिपोर्ट नेगेटिभ:

  ।   १८ जेष्ठ २०७८, मंगलवार १०:२९

सुर्खेत।जिल्लाको गुर्भाकोट नगरपालिका वार्ड न-११ आपसोती जनैघाट भेरी नदि किनार जगलमा बस्दै आएको बनको राजाको रुपमा आफुलाई दावी गर्ने राउटे समुदायमा शनिवार गरिएको कोरानाको एन्टिजेन परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाका रुपमा लिएको राउटे समुदायमा गुरास गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक)नेपालको समन्वयमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

केहि दिन अगाडी राउटे समुदायका अगुवा समेत रहेका शिवराजको मृत्युपछि लोपोन्मुख जातिमा कोरोना भाईरस संक्रमण भए नभएको जानकारी लिनको लागि एन्टिजेनबाट स्वाव परिक्षण गरिएको हो । परिक्षण गर्ने सबै राउटेले नमानेपछि ११ जना पुरुषको मात्र स्वाव परिक्षण गरिएको हो । आफ्नो कुल धर्म विरुद्ध हुने भएकाले राउटे महिलाले स्वास्थ्य परिक्षणलाई अस्वीकार गरेका थिए ।

स्वाव परिक्षण गर्नु अघि राउटेका मुखिया सुर्यनारायण शाही आफ्नो जनतामा कोरोना नलागेको स्वाव परिक्षण नगर्न आग्रह गर्दै आएका थिए । ‘मेरो जनता सँग कोरोना छैन । हामी सरसफाई गरेका छौं किन स्वाव लिनु पयो,जनता डराउँछ । कहिल्यै पनि तपाईको जस्तो उपचार गरेको छैन बरु हाम्रो समुदायमा गैरराउटेलाई आउन नदिन प्रहरी पठाई दिनुहोला मुखियाले अनुरोध समेत गरेका छन।

राउटे नागरिकहरुलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परिक्षण गरेको तर कसैमा पनि संक्रमण नदेखिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज  ओलीले  बताए ।

 

Next Post

बर्दियामा राष्ट्रिय निकुञ्जमा फेरि बाघको आक्रमणबाट एकजनाको मृत्यु:

१८ जेष्ठ २०७८, मंगलवार १०:२९
बर्दिया। बर्दियामा पाटेबाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए […]