तयारी नपुगेको भन्दै एमाले स्थायी कमिटी बैठक स्थगित

  ।   १६ जेष्ठ २०७८, आईतवार १५:१५

काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो।एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी स्थगित भएको जानकारी दिए।

बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ।यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले अब बस्ने बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने तामाङले बताए।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

Next Post

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उप–निर्वाचनकाे मतदान सुरु

१६ जेष्ठ २०७८, आईतवार १५:१५
दाङ।लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन्।घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। दिउँसो ३ बजे सम्म मतदानको समय तोकिएको छ। सोमबार नै नतीजा घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।नेकपा एमालेका […]

सम्बन्धित