सरकारले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन,भण्डारण कार्य दुई वर्षभित्र गरिसक्ने :

  ।   १६ जेष्ठ २०७८, आईतवार १२:४०

सुर्खेत।दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरदै आएपनि कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको थियो।शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन र भण्डारण गर्ने कार्य दुई वर्ष भित्रमा सक्ने गरी सुचारु गर्ने आवश्यक बजेट विनियोजित समेत गरेपछि दैलेखी जनतामा खुशियाली छाएको छ।

चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाबिस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा जनाइएको थियो । उक्त टोलीले पहिलो चरण संभाव्यता अध्ययन र दोस्रो चरण ड्रिल मेसिनमार्फत अन्वेषण कार्य गरिसकेको छ ।

दैलेखको पेट्रोललाई उत्खनन्का सरकारले प्राथमिकता राखेकोमा सरकारलाई धन्यवाद प्रकट गरेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिनुभयो ।

अब सरकारले उच्च प्राथमिकता राखी पेट्रोलियम पदार्थको उत्खनन गरिने हुँदा दैलेखमा आर्थिक विकासका गतिविधि हुने र जनताको आर्थिक उन्नति र जिल्लाकै भविश्य उज्ज्वल हुने आशा बढेको उहाँले बताउनुभयो । निरन्तर बलिरहेको ज्वाला अब पेट्रोलियम पदार्थका रुपमा भण्डारमा परिणत हुने र नेपालको मानचित्रमा दैलेख नयाँ रुपमा उल्लेख हुने पनि उहाँको भनाइ छ ।

 

 

Next Post

विपक्षी गठबन्धनले भने- ‘सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं’

१६ जेष्ठ २०७८, आईतवार १२:४०
काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा रहेको जनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको बैठकमा विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका हुन्। […]