राष्ट्रिय राजमार्गमा जोडिदैँ हुम्ला सदरमुकाम

  ।   १६ जेष्ठ २०७८, आईतवार १०:५१

धन बहादुर भण्डारी

हुम्ला।जिल्लाको सदरमुकाम सिमकोटलाई  आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ।बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने जानकारी दिए।

नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकेको छैन।

यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ।जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ। यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ।

Next Post

सुकेटार विमानस्थलाई रवीन्द्र अधिकारी विमानस्थल राखिने सरकारको घोषणाप्रति योगेश भट्टराईको आपत्ति

१६ जेष्ठ २०७८, आईतवार १०:५१
काठमाडौँ ।सरकारले ताप्लेजुङ्गको सुकेटार विमानस्थलको नामाकरण दिवंगत नेता तथा मन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने घोषणा गरेपछि एमाले नेता योगेश भट्टराईले विरोध जनाएका हुन। शनिबार बजेट मार्फत पर्यटन मन्त्री रहँदा विमान दुर्घटनामा परि निधन भएका अधिकारीको नाममा सुकेटार विमानस्थलको नामाकरण गर्ने घोषणा सरकारले गरेको थियो। तर त्यसप्रति ताप्लेजुङ्गबाट निर्वाचित भएका नेता […]