सांसद नरहेका सात मन्त्रीलाई काम नगराउन सर्वोच्चले दियो अन्तरिम आदेश

  ।   ६ जेष्ठ २०७८, बिहीबार १५:५१

काठमाडौँ।सर्वोच्च अदालतले बिहीबार सांसद पदमा नरहेका सात जना मन्त्रीलाई काम नगर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतको सरकारमा सांसद पदमा नरहेका सात जनालाई पनि मन्त्री पदको शपथ दिलाएका थिए। मन्त्रीहरु मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र रामबहादुर थापा बादलबिरुद्ध उक्त रिट परेको थियो।

उनीहरुबिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उनीहरुलाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता विराज थापाले दायर गरेको रिट सर्वोच्चले उक्त आदेश दिएको हो।

आदेशमा ‘धारा ७८ (१) बमोजिम नियुक्त मन्त्रीले सपथ खाएको ६ महिना भित्र संघीय संसदको सदस्यता लिनुपर्ने अवस्था देखिँदा… पुनः दोस्रो पटक नियुक्त गरिएको कार्य … संविधानको धारा ७८ को उपधारा १, २, ३ को व्यवस्था, संविधानको मूल मर्म र भावनाको विपरीत भएको देखिँदा… प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ति गरिएको र सपथग्रहण लगायतका कार्यहरु संविधान अनुकूल नरहेको… उल्लेख छ। उनीहरुलाई मन्त्रीको हैसियतमा कुनै पनि काम कारवाही नगर्नु, गर्न नदिनु भनी सर्वोच्च अदालतले आदेश दिएको हो।

Next Post

सरकारले संसदको नियमित अधिवेशन बोलाउने तयारी

६ जेष्ठ २०७८, बिहीबार १५:५१
काठमाडौँ।सरकारले संसदको नियमित अधिवेशन बोलाउने तयारी गरेको छ।आज बसेको सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेको बताए। ‘आज बस्ने मन्त्रिपरिषद बैठकले सम्भवत नियमित अधिवेशन बोलाउने निर्णय गर्छ,’ उनले भने। उनकाअनुसार बजेट अध्यादेशबाट ल्याउने तयारी भने छैन।नियमित बैठकमै बजेट […]