राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

  ।   ६ जेष्ठ २०७८, बिहीबार १४:४९

काठमाडौं।राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको हो।

पुनः नियुक्तिपश्चात विहीवार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका छन्।सपथ ग्रहणपश्चात उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन्।

Next Post

सांसद नरहेका सात मन्त्रीलाई काम नगराउन सर्वोच्चले दियो अन्तरिम आदेश

६ जेष्ठ २०७८, बिहीबार १४:४९
काठमाडौँ।सर्वोच्च अदालतले बिहीबार सांसद पदमा नरहेका सात जना मन्त्रीलाई काम नगर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतको सरकारमा सांसद पदमा नरहेका सात जनालाई पनि मन्त्री पदको शपथ दिलाएका थिए। मन्त्रीहरु मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र रामबहादुर […]