देशभर ताउ–ते चक्रवातको प्रभावले बदली सगैँ केही स्थानमा भारी वर्षाको सम्भावना:

  ।   ६ जेष्ठ २०७८, बिहीबार १०:४४

काठमाडौँ ।देशभर बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा भएको हुने देखिएको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

Next Post

राष्ट्रियसभा उपनिर्वाचनको मतदान विहान ९:१५ बजेबाट शुरु

६ जेष्ठ २०७८, बिहीबार १०:४४
हेटौंडा। राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको हो। मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ […]