आज २८ औं मदन–आश्रित स्मृति दिवस : घटनाको अझै किन भएन छानबिन

  ।   ३ जेष्ठ २०७८, सोमबार १२:३२

काठमाडौं। आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ।तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। नेकपा एमालेभित्र अहिलेपनि जबजलाई लिएर बहस हुने गरेको छ। तिन वर्ष अगाडि नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपनि पार्टीको मार्गदर्शक सिद्धान्तमा कुरा मिल्न सकेको थिएन।

अहिले दुबै पार्टी अलग अलग भईसकेको अवस्थामा एमालेभित्र जबजको श्रेय कसले लिने भन्ने वहस फेरी सुरु भएको छ। झण्डै विभाजनको मुखमा पुगेका एमालेका शिर्ष नेताहरु पार्टी विभाजन रोक्न कार्यदल बनाउन सहमत भएअनुसार हिजो १० सदस्यीय कार्यदल पनि बनाईएको छ।

तर पनि व्वहारमा नेकपा एमालेले कहिल्यैपनि पार्टीलाई सिंगो र वास्तविक अर्थमै एकताबद्ध भएको सन्देश आम जनमानसमा दिन सकेको छैन। एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन।

 

Next Post

पत्रकारलाई कामबाट निस्काशन नगर्न ,महासंघका महासचिव पुरीको आग्रह:

३ जेष्ठ २०७८, सोमबार १२:३२
काठमाडाैँ।नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारकाे रोजगारी नखोस्न आग्रह गरेको हो। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि […]

सम्बन्धित